काठमाडौं । नेपालको निलो र जापानको जे लिग खेल्ने मिस्रित टिमबीच आज काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । दशरथ रंगशालामा दिउँसो ३ बजेपछि मैत्रीपूर्ण खेल सुरु हुने छ ।
जापान फुटबल संघको सहयोगमा आएको टिमले गएको संस्करणको ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने छ । आज खेल्ने नेपाल निलो टिममा सागमा स्वर्ण पदक जित्दा रहेका केही खेलाडी रहने छन् ।
यस्तै नेपाल निलो र जापानी टोलीबीचको खेलका लागि रंगशालामा टिकट पनि तोकिएको छ । साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँको टिकट तय गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
