गौरिकाले पाउने भइन सर्वाधिक ६५ लाख पुरस्कार

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार घोषणा गरेसँगै गौरीका सिंहले ६५ लाख प्राप्त गर्ने भएकी छिन् ।

चार स्वर्णसहित ९ पदक जितेकी गौरिका सिंहले सबैभन्दा बढी पुरस्कार पाउने भएकी छिन् । सागमा चार स्वर्ण, दुई रजत र तीन काश्य पदक जितेकी गौरिकाले ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन् ।

Advertisement

गौरिकाले चार स्वर्णबाट ११ लाख रुपैयाँका दरले ४४ लाख रुपैयाँ, दुई रजत पदकबाट १२ लाख र तीन काश्यबाट ९ लाख रुपैयाँ गरी ६५ लाख रुपैयाँ पुरस्कार हात पर्नेछिन् । १३ औं सागमा सबैभन्दा बढी पदक हात पार्ने खेलाडी गौरिका बनेकी छिन् ।

व्यक्तिगत तथा टिमका तर्फबाट दुई स्वर्ण जितेका तेवान्दोकी आयशा शाक्य, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले जनही २२–२२ लाख रुपैयाँ पाउने छन् । १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजक र ९५ काश्य पदक जितेको थियो ।

More News last news
Loading...