पोखरा । पोखरामा प्रधानकार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले एकै दिन ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले बुधबार पोखरा–१३ को बाँझापाटन शाखा, काठमाडौं मैतीदेवी शाखा र जुम्लाको चन्दननाथ नपा–५, खलंगा शाखाको औपचारिक उद्घाटन गरेको हो । योसँगै बैंकको देशभर शाखा संख्या ९१ पुगेको छ ।
जुम्ला शाखाको उद्घाटन चन्दननाथ ५ का वडा अध्यक्ष अर्जुनसिंह कठायत र बैंकका सञ्चालक नारायणबहादुर बानियाँले संयुक्त रुपमा गरे ।
कार्यक्रममा समाजसेवी मीनप्रसाद पौडेल तथा जुम्ला उद्योग वाणिज्य संघका महासचिव अनिल रोकाय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकको गतिविधिबारे जानकारी दिएका थिए ।
उनका अनुसार बैंकले सबै शाखाहरुबाट निक्षेप संकलन, कर्जा प्रवाह गर्नुका साथै एबीबीएस, एटिएम, ईसीसी/आईपीएस, सी–आश्वा, मोवाइल बैंकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवा प्रदान गरिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
