खेलकुद मन्त्री र राखेप सचिवलाई बर्खास्त गर्न तरुण दलको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको शशक्त भातृ संगठन नेपाल तरुण दलले सागमा खेलकुद मन्त्रालय र खेलकुद परिषद् (राखेप) ले भ्रष्टाचार गरेको भन्दै वर्खास्त गर्न माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार एक विज्ञप्ति जार्दै खेलकुद मन्त्रालय र खेलकुद परिषद् (राखेप) ले भ्रष्टाचार गरेको आरोप लगाउँदै वर्खास्तीको माग गरेको हो । बस्नेतद्धारा जारी ज्ञिप्तिमा भनिएको छ, ‘नेकपा सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरिद गर्नुले देशकै बदनाम भएको ठहरसहित नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ ।

Advertisement

नेपाली खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ ।’ यस्तै, साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी (बिना टेन्डर) प्राप्त गरेको ई–सेवाले टिकट बिक्री वितरणमा ठगी धन्दा सञ्चालन गरेको प्रति पनि दलले खेद प्रकट गर्दै इसेवामाथि छानविनको प्रक्रिया सुरु गरी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

यसैगरी नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँ दिन माग गरेको छ । यस्तै रजत पदक विजेतालाई १५ लाख रुपैयाँ र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँ दिन पनि तरुण दलको माग छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जार्दै यस्तो माग गरेका हुन् । तरुण दलले सागमा खेलकुद मन्त्रालय र खेलकुद परिषद् (राखेप) ले भ्रष्टाचार गरेको आरोप पनि लगाएको छ । १३औँ सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ ।

More News last news
Loading...