पदक जित्ने खेलाडीको सम्मानमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सम्बोधन गर्दै छन् ।

उनले दिउँसो सवा २ बजे विजेता खेलाडीलाई बधाई दिन तथा सम्बोधनका लागि बालुवाटार आमन्त्रण गरेको बालुबाटार स्रोतले जनाएका् छ ।

Advertisement

राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । उनले बुधबार नै खेलाडीलाई प्रोत्साहन प्याकेजको घोषणा गर्ने बुझिएको छ ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले हिजो साग समापन समारोहलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै सबैलाई धन्यवाद दिएका थिए ।

More News last news
Loading...