काठमाडौं । नायिका ऋचा शर्मा वैवाहिक जीवन शुरु गरेकी छिन् । उनले आफ्ना प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन्।
शनिबार उनले आफ्नो फेसबुकमा फोटो सार्वजनिक गर्दै जिन्दगीको नयाँ प्रहर सुरू भएको बताएकी हुन् । यसअघि विवाहको कार्ड सार्वजनिक गर्दै ऋचाले मंसिर २१ गते दिपेक्ष विक्रम राणासँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।
दिपेक्ष ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए । यसअघि ऋचाले साथीहरूसँग पोखरामा ब्याचलर पार्टी समेत मनाएकी थिइन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
