१३ औँ साग प्रतियोगितामा आज १५ खेल हुँदै

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आइतबार १५ वटा खेल हुँदैछन् ।

जनकपुरमा कुस्ती हुने छ भने पोखरामा भारत्तोलन, महिला क्रिकेटको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । काठमाडौं उपत्यकामा पुरुष फुटबलमा नेपाल र बंगलादेश समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन् । दशरथ रंगशालामा अपरान्ह साढे ५ बजे खेल सुरु हुने छ ।

Advertisement

पुरुष क्रिकेटको स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश कीर्तिपुर मैदानमा भिड्दै छन् । ललितपुरमा पौडी, स्क्वास, जुडो लगाएतका खेल हुँदैछन् । प्रतियोगितामा आइतबारदेखि जुडोका खेल थपिएको हो । नेपालले जुडोमा स्वर्ण पदकको अपेक्षा गरेको छ ।

प्रतियोगिता लखनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुने छ ।   १३ औं सागको पदक तालिकामा भारत शीर्ष स्थानमा छ । भारतले अहिलेसम्म ११० स्वर्ण पदकसहित शीर्ष स्थानमा रहँदा नेपाल ४३ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ । जारी सागमा भुटानले अहिलेसम्म कुनै पनि स्वर्ण पदक जितेको छैन् ।

More News last news
Loading...