काठमाडौं । बिहीबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली सक्रिय नरहे पनि देशभर न्यूनतम तापक्रम घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
बिहीबार देशका पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । पश्चिमी क्षेत्रमा विकास भएको कमजोर पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना देखिएको छ ।
यस्तै, महाशाखाले बिहीबार जारी गरेको मौसमी बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि देशको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
