कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले बोलाए सचिवालय बैठक

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार ९ बजेका लागि बैठक बोलाएका हुन् । मंसिर ४ गते नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि उनले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् ।

Advertisement

समसामयिक विषयमन छलफल गर्न बैठक बोलाइएको नेकपाले जनाएको छ ।

गत मंगलबार ओलीको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो।

More News last news
Loading...