महिला फुटबलमा नेपालको विजयी सुरुवात, श्रीलंका एक–शून्य गोलले पराजीत

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल एक–शून्य गोलले विजयी भएको हो । नेपालका लागि अनिता केसीको पासमा सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् ।

Advertisement

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । महिला फुटबल अन्तर्गत मंगलबार भारत र माल्दिभ्सबीच खेल हुनेछ । अब नेपालले बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।

More News last news
Loading...