विराटनगर । धरान उपमहानगरपालिका ७ मा पुनःमतगणना गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक सुवेदीसँग कांग्रेस उम्मेदवार सुवर्ण पालिखे १ मतले पछि परेपछि कांग्रेसले पुनः मतगणनाको माग गरेको हो ।
नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा बिजयी हुदाँ नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् । कांग्रेसले पुनः मतगणनाको माग गर्दै निवेदन नै दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
