काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच मत अन्तर फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणाममा नेपाली कांग्रेस उम्मेदवार तिलक राई विजयी नजिक देखिएका छन् ।
नेकपाका उम्मेदवार प्रकाश राई उनलाई पछ्याइरहेका छन् । कांग्रेसका तिलक राईले २४ हजार ६५१ मत पाउँदा नेकपाका प्रकाश राईले २३ हजार १४ मत पाएका हुन् ।
शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो । यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।
धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको छैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
