कास्की–२ : नेकपा र काँग्रेसबाहेक सबै उम्मेदवारको जमानत जफत

रिजन नेपाल
पोखरा । कास्की क्षेत्र–२ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार विद्या भट्टराई अधिकारी विजयी भएकी छन्।

उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले पराजित गर्दै यो क्षेत्रमा नेकपाको विरासत जोगाएकी हुन् ।

Advertisement

आइतबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाममा नेकपाकी विद्याले २४ हजार ३ सय ९४ र काँग्रेसका खेमराजले १५ हजार ९ सय ९१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतपरिणाम अनुसार कास्की २ मा समाजवादी पार्टी, राप्रपा र साझा पार्टी क्रमशः तेस्रो, चौथो, पाँचौ र छैटौं ठूलो दल बनेका छन् ।

समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ र साझा पार्टीकी रजनी केसीले ९ सय ४२ र मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङले १ सय ३८ मत ल्याए ।

१० स्वतन्त्र सहित २१ उम्मेदवार प्रतिष्पर्धामा रहेकोमा ६ उम्मेदवार बाहेक अन्यले ३ अंकको योगफल पनि तयार पार्न सकेनन् । मतगणनामा ६ सय मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चुनावमा स्वतन्त्र उम्मेदवार दिएकी विवेकशील नेपाली दलकी जमुना शर्माले ७७ मत, काँग्रेस (वीपी) का चन्द्रबहादुर रानाभाट २८, नेकपा (माले) टेकनाथ भण्डारी ५१, राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर राना ३५, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गंगा मल्ल ९५ ले मत ल्याएका छन् । स्वतन्ततर्पm कमलजंग कुँवर ६१, उमनाथ गौतम १, दीपक रेग्मी २, नवराज बास्तोला १८, यज्ञप्रसाद पंगेनी १, रनबहादुर दमै ४, लक्ष्मीकुमारी भुजेल ४ र सुनीलबहादुर कोइराला ११ र सुनिल भुषाल ११ छन् । नेकपा र काँग्रेसबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ ।

शनिबार भएको मतदानमा कुल ७१ हजार ८ सय ७१ मतदातामध्ये ६३.४० प्रतिशत अर्थात् ४५ हजार ५ सय ६३ मत खसेको थियो । जसमा २० हजार ७ सय ८४ पुरुष र २४ हजार ७ सय ७९ महिलाले मतदान गरेका जानकारी मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

जितपछि विजयी उम्मेदवार विद्याले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै, काँग्रेस उम्मेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई दिए ।

More News last news
Loading...