धरानमा कांग्रेसको अग्रता कायमै, मतगणना जारी

धरान । धरान उपमहानगरपालिमा नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निरन्तर पछि पारेको छ । मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ७ सय ७ मतले पछाडि पारेका छन्।

यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका थिए। धरान १६ का वडाबासीले कम्युनिष्टले धोका दिएकाले अब कांग्रेसलाई भोट दिने प्रतिबद्धता जाहेर गरेका थिए ।

Advertisement

मतगणनाअनुसार कांग्रेसका उम्मेदवार तिलक राईले अहिलेसम्म ११ हजार ८२७ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवार प्रकाश राईले ११ हजार १२० मत ल्याएका छन्। वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २३४० र नेकपालाई १८४९ मत प्राप्त भएको थियो ।

यसअघि धरानको प्रमुखमा तारा सुब्बा तत्कालीन एमालेबाट विजयी भएका थिए । एकवर्ष अघि मिर्गौला रोगका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

नेकपाबाट प्रकाश राई, नेपाली कांग्रेसले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादीले भूपू शैनिक गजेन्द्र इस्वोलाई अघि सारेको छ । त्यस्तै लिम्बूवान राष्ट्रिय मञ्चले अमर इजम९लिम्बू०लाई उम्मेदवार बनाएको छ ।

More News last news
Loading...