बस दुर्घटनामा १६ जनाको मृत्यु,१३ जना घाइते ✍️ नयाँपुस्ता डटकम ११ मंसिर २०७६, बुधबार १९:२७ काठमाडाैं । अर्घाखाँची जिल्लामा बस दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । सन्धीखर्क नगरपालिका -६ नरपानीमा भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १३ जना घाइते भएका छन् । बस सडकबाट ४ सय मिटर तल खसेको छ । Advertisement