‘प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट हटाइयो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ ।

स्वास्थ्यमा सुधार भएपछि मंगलबारदेखि लगाइएको भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Advertisement

थापाका अनुसार एनेस्थेसिया दिँदादेखि राखिएको भेन्टिलेटर बुधबार बिहान हटाइएको हो ।

मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भैरहेको छ ।

प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरले बताएका छन्।

More News last news
Loading...