वरिष्ठ पत्रकार कसजूको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार विनयकुरमार कसजूको निधन भएको छ ।

निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Advertisement

पाल्पाको तानसेनमा जन्मिएका उनी  राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष समेत हुन् ।

कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा समेत सेवा गरेका थिए।

More News last news
Loading...