ललितपुर । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन्।
अस्पतालमा उपचार गर्न आएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको अभियोगमा उनलाई भर्खरे ललितपुर प्रहरीले पक्राउ गरेको हो।
ुअस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएकी एक महिलाले झाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि भर्खर पक्राउ गरेका छौं,ु ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकबहादुर राईले हामीसँग भने ।
पक्राउ परेका झालाई ललितपुर प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरू गरिएको एसएसपी राईले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
