मिति २०७६ साल मंसिर ९ गते सोमबार, इस २०१९ नोभेम्बर २५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेसं। ११४० कछलागा। मार्ग कृष्णपक्ष। चतुर्दशी, २२ः३० उप्रान्त औंसी। नक्षत्र– स्वाती।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरि रमाउने समय रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुनेहुदा दैनिक कामहरु प्र्रभावित हुनेछन् भने शिक्षा क्षेत्रसँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धीहरुले काममा अवरोध पु-याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । बिद्यार्थी बर्गहरुले पढाइमा मिहिनेत गरि राम्रो नतिजा ल्याउँन सक्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानी नहुनेहुदा दैनिकि प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ताहरु पूरागर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढि मेहेनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
