मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाइने हुदा आट तथा पराक्रम बढेर जानेछ। पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिने छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिने छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्त सँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरुबिच घनिष्टता बढेर जानेछ। दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अनावश्यक खर्च बढ्ने हुदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ। पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्रस्थानमा तपार्ईँको नाम आउँनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
