युएनपार्कमा डरलाग्दो दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । युएनपार्क नजिकै एउटै दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चावहिल बस्ने २३ वर्षीय सत्यम भट्टराई रहेका छन् ।

कुपण्डोलबाट युएनपार्क जाँदै गरेको बा७७प ६७९३ नम्बरको मोटरसाइकलले बा९१प १३०१ नम्बरको मोटरसाइकलाई ‘ओभरट्याक’ गर्न खोज्दा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग मङ्गलबजारमा इन्चार्ज अनमोल पाण्डेले जानकारी दिए ।

Advertisement

इन्चार्ज पाण्डेका अनुसार बा७७प ६७९३ नम्बरको मोटरसाइकल चालक भट्टराईको मृत्यु भएको हो । भटट्टराईको कामको सिलसिलामा सोही बाटो हुँदै बानेश्वर जाँदै थिए ।

यस्तै कैलाली घर भई बसुन्धारा बस्ने २३ वर्षीय लक्ष्मण आचार्य घाइते भएका छन् । आचार्यको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बा९१प १३०१ नम्बरको मोटरसाइक चालक विकल थापा प्रहरी हिरासतमा छन् भने मोटरसाइकलमा पछाडी बस्ने अर्का व्यक्ति सामान्य उपचारपछि घर गएका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।शब्द, तस्बीर रातोपार्टी

More News last news
Loading...