सीमा विवाद र मन्त्री हेरफेरको चर्चापछि उपप्रधानमन्त्री यादव दिल्लीमा, नेपाली झण्डा खोई ?

काठमाडौं । नेपालमा अहिले मन्त्री हेरफेरको विषयले चर्चा पाइरहेको छ । यो सँगै सीमा विवाद पनि लामो समय देखि चल्दै आएका विषय हुन्।

लामो समय देखि सरकारमा बसेर संविधान संसोधनको माग गर्दै आएको समाजवादी पार्टी नेपाललाई सरकार छोड्न दबाब आइरहेको छ। अहिलेको सरकारमा उपप्रधानमन्त्री स्वास्थ्यमन्त्री रहेको उपेन्द्र यादवले भाजपाका नेता भेटेका छन्।

Advertisement

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादवले भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका महासचिव राम माधवलाई भेटेका हुन् । दुई नेताबीच बुधबार बिहान नयाँदिल्लीमा भेटघाट भएको राममाधवले ट्वीटरमार्फत जानकारी दिएका छन्।

उनीहरूबीच के–के कुराकानी भयो भन्ने जनाइएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादव दुई दिनअघि भारत गएका थिए । यादव औषधी उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी भएका हुन् । उपप्रधानमन्त्री यादवका सहयोगी महेश चौरासियाले मन्त्री यादव शुक्रबार नेपाल फर्कने बताए।

भेटका क्रममा नेपालको झण्डा भने देखाइएको छैन । सीमा विवाद चलिरहेको समयमा देशको उपप्रधानमन्त्रीजस्तो व्यक्तिले देखाएको यो व्यवहारले फरक सन्देश दिएको छ।

वास्तवमा त्यहाँ दुई देशको झण्डा हुनुपर्ने हो तर त्यसो नभएर दुई वटा झण्डा नै भारतको मात्रै देखिएको छ । कुटनीतिक रुपमा यसलाई राम्रो मान्न सकिदैन । यदी त्यहाँ झण्डा नै नभएको भए फरक कुरा तर भारतको झण्डा हुँदा नेपालको किन नराखेको भन्ने गम्भीर प्रशन हो।

More News last news
Loading...