राजपाको कमाण्डरमा महतो

काठमाडौं । भोलिबाट लागु हुनेगरि राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन् । आज (बुधबार) बसेको राजपा बैठकले अध्यक्ष मण्डलको संयोजकमा महतोलाई चयन गरेको हो।

पार्टी विधान अनुसार आलोपालो प्रणालीअनुसार महतोलाई जिम्मेवारी दिइएको हो। साथै, उक्त बैठकले जिल्लाहरूमा वडा समिति, पालिका समिति र जिल्ला समिति गठन गर्न बाँकी रहेका स्थानमा २० दिनको म्याद थप गर्ने निर्णय गरेको महामन्त्री केशब झाले जानकारी दिए।

Advertisement

केन्द्रीय पर्यवेक्षकहरूलाई मंसिर ३० गतेसम्म पर्यवेक्षकहरूको बैठकमा कागजातसहितको प्रतिवेदन लिई कार्यालय आउन निर्देशन दिइएको छ।

More News last news
Loading...