मन्त्रिपरिषद् पुनर्गठनः यस्तो छ नयाँ क्याविनेट !

काठमााडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ।

वर्तमान मन्त्रिपरिषद्लाई थप प्रभावकारी रूपमा अघि बढाउन  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा हेरफेर गर्न लाग्नुभएको हो।

Advertisement

भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठ, मातृका यादव, थममाया थापा, गोकर्ण विष्ट, लालबाबु पण्डित मन्त्रिपरिषद्बाट बाहिरिने स्रोतले जनाएको छ।

त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे मन्त्रिपरिषद्मा सामेल हुने पक्का भएको स्रोतको दाबी छ। घनश्याम भुषाल, देवेन्द्र पौडेल, जनार्धन शर्मा र प्रभु साहलाई मन्त्रिपरिषद्मा सामेल गर्न लागिएको जनाइएको छ।

पूर्व विज्ञान तथा प्रविधि मन्त्री प्रभु साहलाई यस पटक पनि सोही मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतले बताएको छ।

More News last news
Loading...