विश्वका बस्नै नमिल्ने शहरहरुमा नयाँ दिल्ली पहिलो नम्बरमा, काठमाडौं कतिमा छ ?

काठमाडौं । आज सिंगो विश्व नै वायु प्रदुषणसँग लड्दै आएको छ । हालै सार्वजनिक भएको जानकारी अनुसार भारतको राजधानी दिल्ली विश्वको सबैभन्दा बढी प्रदूषित शहरहरूको सुचीमा रहेको छ ।

अहिले दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ५२७ रहेको छ । निजी मौसम एजेन्सी स्काईमेटले विश्वका १० सबैभन्दा बढी प्रदूषित शहरहरूको रिपोर्ट जारी गरेको छ ।

Advertisement

जस अनुसार प्रदूषणसहितको सूचीमा कोलकाता पाँचौं र मुम्बई नवौं स्थानमा रहेका छन् । दिपावली पछि दिल्ली (एनसीआर)मा प्रदूषणको स्तर बढेको छ ।

स्काइमेटले दिल्लीमा वायु गुणवत्ता गत नौ दिनको लागि खतरनाक स्तरमा रहेको बताएको छ । दिल्लीमा पहिलो पटक प्रदूषण डरलाग्दो स्तरमा यति लामो समयसम्म रहेको हो ।

प्रदूषण नियन्त्रण बोर्डले बिहीबार दिल्लीको सबै शैक्षिक संस्थानहरू र दुई दिनदेखि उद्योगहरूलाई बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार सर्वोच्च अदालतले केन्द्र सरकारलाई दिल्लीमा १३ स्थानमा एयर प्युरिफायर टावर लगाउँन निर्देशन दिएको थियो ।

अदालतले दिल्ली सरकारको ओडइभन योजनालाई प्रदूषण कम गर्न प्रभावकारी नभएको बताएको छ । आईआईटी मुम्बईका प्राध्यापक, जसले विशेषज्ञको रूपमा सर्वोच्व अदालत पुगेका थिए ।

त्यहाँ उनले चीनको उदाहरण दिदै चिनमा विगत ५ बर्षमा प्रदूषण ३३ प्रतिशतले घटेको बताएका थिए । उनले चीन जस्तै १० किलोमिटरको दायरामा वायु शुद्धीकरण शोधक स्थापना गर्ने सल्लाह दिएका छन् । प्रदूषित शहरहरूको सूचकांक

दिल्ली (भारत) ५२७

लाहौर (पाकिस्तान) २३४

ताशकन्द (उज्बेकिस्तान) १८५

कराची (पाकिस्तान) १८०

कोलकाता (भारत) १६१

चेंगडु (चीन) १५८

हनोई (भियतनाम) १५८

गुआन्जाउ (चीन) १५७

मुम्बई (भारत) १५३

काठमाडौं (नेपाल) १५२

More News last news
Loading...