नाइट क्लबमा भेटिएपछि विमलसहित चार फुटबलर निलम्बित

काठमाडौँ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ।

विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जनसँगै दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो । चारै जना भुटान जानु अघिल्लो रात शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए।

Advertisement

अनुशासन उल्लंघन गरेका उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाही बारे एन्फाको आगामी बैठकले निर्णय लिने प्रवक्ता किरण राईले बताए। उनले भने, ‘ठमेलको नाइट क्लबमा गएर मातिएको अवस्थामा भेटिएपछि विमल, अञ्जन, दिनेश र सन्तोषलाई टिमबाट तत्कालको लागि हटाइएको छ।’

नेपाली टिम शनिबार (आज) कुवेतविरुद्ध खेल खेल्न भुटान जाने कार्यतालिका थियो। नेपालले मंसिर ३ गते कुवेतविरुद्ध खेल्दैछ।

तर चार खेलाडी टिमबाट निकालिँदा कुवेतविरुद्ध हुने खेल समेत प्रभावित हुनेछ। किनकी कारबाहीमा परेका चारै खेलाडी नेपाली टोलीको पहिलो रोजाईका सदस्यहरु हुन्। एन्फा प्रवक्ता राईले पनि त्यसलाई स्वीकार गरे। उनले भने, ‘यसले टिममा निकै ठूलो असर पारेको छ। तर हामीसँग अन्य खेलाडी पनि एकसेएक छन्।’ चार जना खेलाडीलाई टिमबाट हटाएर सुबास गुरुङलाई टिममा समावेश गरिएको छ।

More News last news
Loading...