जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा रिक्त रहेको अध्यक्ष पदका लागि १७ जनाले उम्मेद्वारी दिएका छन्।
समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)ले संयुक्तरुपमा उम्मेदवारी दिने जनाए पनि दुबै दलबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।
राजपाबाट अध्यक्ष पदमा यसअघि निर्वाचित भएर निधन भएका विनोद चौधरीकी पत्नी रबिता चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । तर, नेकपाकै अर्का नेताले उपेन्द्र–बाबुराम नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गरेर उम्मेदवारी दर्ता गराएका छन् ।
समाजवादी पार्टीले रामजानकी यादवलाई उम्मेदवार बनाएको छ । रामजानकी यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार बनेका थिए । त्यसबेला उनले १५७८ मत ल्याएका थिए । चौधरी केही दिन अघिमात्रै सत्तारुढ नेकपा छाडेर समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
नेकपाले भने गत स्थानीय चुनावमा निकटतम प्रतिद्वन्दी रहेका तत्कालीन एमालेका विक्रम चौधरीलाई नै उम्मेदवार बनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
