सबै सल्लाहकारलाई राजिनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् । सचिवालयका एक सदस्यले भने, ‘मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागिएको हो।’

Advertisement

मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने छन्।

‘भोलि आवश्यक परेकालाई प्रधानमन्त्रीले फेरि बोलाउन पनि सक्नुहुन्छ’ एक सदस्यले भने, ‘तर अहिले सबैले राजीनामा दिन्छौं।’

More News last news
Loading...