चर्चित व्यापारी रुपज्योति विमानस्थलबाट पक्राउ

काठमाडौँ । चर्चित व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ।

ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले रुपज्योति पक्राउ गरेको पुष्टि गरेका छन्।

Advertisement

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ।

केही अघि ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । तर, लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको उनलाई पक्राउ गर्न बाटो खुलेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो ।

More News last news
Loading...