भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने विप्लवको चेतावनी

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।

हालसालै छिमेकी राष्ट्र भारतले सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पिया धुरासहितको भूभाग परेको भन्दै विप्लव समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने सम्मका कार्यक्रम सार्वजनिक गरेको हो । कात्तिक २६ गते भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको पुत्ला दहन गर्ने उल्लेख गरिएको छ ।

Advertisement

त्यसको भोलिपल्ट २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बिरोध पत्र दिने कार्यक्रम विप्लव समूहले सार्वजनिक गरेको छ । यस्तै, २१ गते मसाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव विप्लवद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

यसअघि बिभिन्न राजनीतिक दल र तिनका भातृ संगठनहरूले पनि भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै बिरोध जनाएका छन् । केही विद्यार्थी संगठनहरूले प्रदर्शन गर्ने बताएका छन् ।

More News last news
Loading...