कास्कीमा काँग्रेसले दियो खेमराज पौडेललाई टिकट

काठमाडौं । नेपाली काँग्रेसले कास्की निर्वाचन क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको हो ।

केन्द्रीय सदस्य धनराज गुरुङले कास्की–२ को उम्मेवारमा आफ्नो दाबी नरहेको पार्टी पदाधिकारी बैठकमा जानकारी गराएपछि पौडेलले टिकटमा बाजी मारेका हुन् ।

Advertisement

लामो समयदेखि पार्टीका काम गरेका पौडेलको बीपी कोइरालासँग पनि राम्रो सम्पर्क र चिनजान थियो । ७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् ।

More News last news
Loading...