दाङ हिँडेका नेकपा नेता झक्कु सुवेदीलाई थानकोटमा हृदयघात

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ।

सोमबार बिहान श्रीमतीसहित दाङ जान हिंडेका सुवेदीलाई थानकोट पुगेपछि अकस्मात हृदयघात भएको हो। सुवेदीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

चिकित्सकले उनको ब्लक भएको मुटुको भल्ब शल्यक्रियामार्फत खुलाएको पारिवारिक श्रोतले जनाएको छ । पारिवारिक सदस्यहरुका अनुसार हाल सुवेदीको अवस्था स्थिर छ।

More News last news
Loading...