काठमाडौँ । आजदेखि डडेल्धुराबाट प्राध्यापक डा. गोविन्द केसीले १७ औँ अनशन सुरु गर्ने भएका छन् ।
१६ औँ अनशनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नभएको र अहिलेसम्म सरकारले छलफलका लागि नबोलाएपछि डा. केसीले अनशन सुरु गर्न लागेका हुन् ।
१६ औं अनसन इलाममा बसेका डा. केसी १७ औँ अनशनको लागि अहिले डडेल्धुरा पुगिसकेका छन् । तर अनसनस्थल डडेल्धुराको अस्पताल वा अन्य स्थानमा हुने भन्ने कुराको टुंगो लागिसकेको छैन ।
प्रा.डा. केसीले मेडिकल शिक्षाको बेतिथि हटाइनुपर्ने लगायतका माग राख्दै २०६९ असार २१ देखि अनसन सुरु गरेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
