नेकपाले गर्यो नयाँ प्रदेश प्रमुखको सिफारिस 

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ । आज बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (कास्की), तिलक परियार (बाँके),  शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा सिफारिस भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्।

Advertisement

सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन। सचिवालयमा प्रदेश प्रमुख टु‌ंगो लगेपछि सोमबार नै मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको प्रक्रियाअघि बढाउने बताइएको छ।

More News last news
Loading...