काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ।
दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो।
प्रहरीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको हो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बसमा ४० यात्रु सवार थिए।
घाइतेमध्ये ६ जनाको उद्दार गरी अस्पताल पठाइएको काफ्लेले जानकारी दिए। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
