काठमाडौँ । काठमाडौँको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते भएका छन्। तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन्।
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको छ। घाइते विद्यार्थी ६ देखि १२ वर्ष उमेरका छन्। उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ।
विद्यालयमा खेलकुद गतिविधि भइरहेका बेला बरण्डामा धेरै विद्यार्थीको भार थाम्न नसकेर भाँचिएर दुर्घटना भएको प्रहरी निरीक्षक बाल नरसिंह राणाले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
