चर्चित गायक बानियाँको दुबै मृगौला ‘फेल’, आर्थिक अभावले उपचारमा समस्या !

काठमाडौं । चर्चित लोक गायक तथा सर्जक रत्न बानियाँको केहि दिन देखि अस्पतालमा गम्भीर अवस्थामा उपचार भईरहेको छ । बानियाँका दुबै मृगौलाले काम गर्न छाडेपछि असोज ३० गतेदेखि राजधानीको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचार शुरु गरिएको हो ।

केहि समयदेखि अस्वस्थ भएका गायक बानियाँ फलोअपका लागि अस्पताल जाँदा स्वास्थ्य अवस्था थप गम्भीर अवस्थामा रहेकोले भर्ना गरिएको उनका छोरा संगीत बानियाले नयाँपुस्तालाई बताए । बानियाँले भने, ‘उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दुबै मृगौलाले काम गर्ने अवस्था नरहेको हुँदा तत्कालै ‘मृगौला टान्सफर’ गर्नुपर्छ ।’

Advertisement

उपचार खर्च अत्यन्तै महँगो (करिब ३० देखि ३५ लाखसम्म) रहेको र आफ्नो आर्थिक अवस्था सामान्य रहेकाले उपचारमा कठिनाई भएको छोरा संगीतले गुनासो गरे । राष्ट्रको गहना भनिने कलाकारलाई गाह्रो, अप्ठ्यारो पर्दा कतैबाट सहयोग नआएको छोरा संगीतले दुखेसो पोखेका छन् ।

उनले भने,‘ हाम्रो आर्थिक अवस्था राम्रो छैन्, सामान्य परिवारको मान्छे, गीत गायर नै परिवार धान्नुपर्ने बाबा कै उपचारमा लाखौं खर्च गर्नुपर्ने भएकाले हामीलाई ठुलो संकट आईलाग्यो ।’ ‘लडाईको लाहुरे, मर्मस्पर्शी गीत गायर २०५६ सालको लोकदोहोरी बिद्यामा सर्वोकृष्ट अवार्ड हात पारेका स्याङ्जाली गायक बानियाँका पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका थुप्रै तीज गीतहरु चर्चाको शिखरमा छन् ।

तपाईहरु पनि गायक रत्न बानियाँको उपचारमा सहयोग गर्न चाहानुहुन्छ भने :
संगीत बानियाँ (छोरा)
सम्पर्क नं : ९८१८२६६०९०
किष्ट मेडिकल कलेज, ग्वार्को, ललितपुर । 

More News last news
Loading...