काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गायक जीवन शर्मालाई आइतबार दिउँसो आफ्नै निवास बालुवाटारमा भेट गरेका छन्।
जनगायक शर्माका छोरा निर्मल आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओलीले उनीसँग भेट गरेका हुन्। शर्माका माइला छोरा आचार्यको अन्न नलीमा हाडले प्वाल पारेपछि उनी उपचाररत छन्।
शर्माका छोराको विषयमा अनलाइखबरमा समाग्री प्रकाशित भएपछि प्रधानमन्त्री ओलीले यसबारे चासो दिएका हुन्।
शर्मासँगको भेटमा प्रधानमन्त्री ओलीले उपचारका लागि आवश्यक सहयोग गर्न गर्ने बताएको बालुवाटार स्रोतले जानकारी दियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
