एमबीबीएस अध्ययनको शूल्क बढ्यो

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस (डाक्टर) अध्ययनको शूल्क बढाएको छ। अब काठमाडौं उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क कायम भएको छ।

यसअघि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार थियो । आर्थिक वर्ष २०७५ मा मुद्रास्फिति ४.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनका आधारमा नयाँ शूल्क निर्धारण गरिएको आयोगले बताएको छ।

Advertisement

यस्तै बीडीएस अध्ययन शूल्क २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको छ । यसअघि १९ लाख ३२ हजार ६१२ रुपैयाँ थियो । यो शुल्कको पहिलो एक तिहाई रकम पहिलो वर्ष र बाँकी बार्षिक रुपमा किस्ताबन्दीमा लिइनेछ ।

आयोगले एमबीबीएस अध्ययन शुल्कको एक तिहाई उपत्यकाभित्र १३ लाख ४१ हजार ८५ र बाहिर १४ लाख ७८ हजार ६७५ रुपैयाँ विश्वविद्यालयमा जम्मा गरी सबन्धिक कलेजमा पठाउने व्यवस्था मिलाउन पनि भनेको छ ।

More News last news
Loading...