काठमाडौँ । ३४ देशको सैन्य अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक पाएको छ।
बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल-२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो। प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गत असोज ६ गते नेपाली सेनाको टोली त्यसतर्फ प्रास्थान गरेको थियो।
असोज २४ बाट संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा अभ्यास भएको थियो । जसमा नेपालसहित ३४ देश र बेलायती फौजका १०६ समेत गरी १४० सैन्य टोली सहभागी थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
