सांसदले गरे जनकपुर विमानस्थलमा तोडफोड

जहाज ढिला आएको भन्दै संघीय संसदका १ जना सांसदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सांसद रहेका साहले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका हुन्।

Advertisement

बिहान ११ः४० बजे आउने भनिएको जहाज दिउँसो १ः३० बजेसम्म पनि नआएको भन्दै साहले बुद्ध एयरको काउन्ट तोडफोड गरेका हुन्। उपचारका लागि जहाजमार्फत काठमाडौं लैजानुपर्ने बिरामीलाई जहाज आउन ढिलाइ हुँदा समस्या बढ्न थालेपछि आफूले बुद्ध एयरको काउन्टरका कर्मचारीसँग आक्रोश पोखेको साहको भनाइ छ।

काउन्टर तोडफोड गरेपछि बुद्ध एयरले साहलाई जहाज प्रवेशमा निषेध लगाएको थियो। तर, पछि प्रमुख जिल्ला अधिकारीको पहलमा साहले बुद्ध एयरको विमानमार्फत नै काठमाडौं उड्न पाएका थिए।

More News last news
Loading...