काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो प्यानल घोषणा गरेका छन्।
काठमाडौँमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका हुन्। आचार्यले मुख्य पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर आफ्नो समूह मजबुत रहेको दावीसमत गरे।
एक महासचिवका लागि धेरैले उम्मेदवारी घोषणा गरेकोले आचार्य टिम मिलेको थिएन। महासचिवमा अन्ततस् बेल्जियम निवासी जानकी गुरुङको नाममा सहमति भएको छ।
आचार्य समूहको समर्थनमा गुरुङले महासचिव पदमा उम्मेदवारी दिने पक्का भएको छ। आचार्य समूहमा यसअघि अमेरिकाका डा केशव पौडेल र मध्यपूर्वका डीबी क्षेत्रीले पनि महासचिव पदका लागि दावी गर्दै आएका थिए।
अमेरिकाका डा पौडेलले अन्ततः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। काठमाडौं पुगेर नै महासचिव पदमा उम्मेदवारी घोषणा गरेका उनले साथीभाइको सल्लाहमा महासचिवबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन सहमत भएको बताउ।
तर, मध्यपूर्वका क्षेत्री भने पत्रकार सम्मेलनमा उपस्थित भएनन्। कांग्रेस निकटले चिनिएको आचार्य समूहले नेकपा निकट ठानिएका क्षेत्रीलाई पनि समेटेर समाबेशी टिम बनाएको दावी गर्दै आएको थियो।
आचार्य समूहबाट उपाध्यक्षमा डा। पौडेलसँगै, मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), रबिना थापा (अमेरिका)ले उम्मेदवारी दिने भएका छन्। यस्तै वर्तमान सह(कोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
