चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि काठमाडौं झकिझकाउ

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौंलाई झकिझकाउ बनाईएको छ ।

आउँदो शनिबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका सी जिनपिङको स्बागतको तयारीमा काठमाडौंलाई झकिझकाउ बनाईएको हो । २३ वर्षपछि हुन लागेको राष्ट्रपतिस्तरीय भ्रमणका लागि काठमाडौँमा धुमधामका साथ तयारी गरिँदैछ ।

Advertisement

राष्ट्रपति सी हिँड्ने बाटो कालोपत्र गरिनुकासाथै सडकका छेउछाउमा बिरुवा रोप्नेदेखि पोष्टर टाँस्ने र रङ लगाउनेसम्मका कामहरु भइरहेका छन् ।

विभिन्न स्थानमा राष्ट्रपति सीको स्वागतका लागि स्वागतद्वारा निर्माण गरिएका छन् भने राष्ट्रपति विद्यादेवि भण्डारी र राष्ट्रपति सीका पोष्टरहरु टाँसिएका छन् ।

More News last news
Loading...