निगमले भन्यो, दशैँमा इन्धनको अभाव हुँदैन्

काठमाडौँ । नेपाल आयल निगमले दशैँमा कुनै पनि खाले इन्धनको अभाव नहुने स्पष्ट पारेको छ। केही दिनदेखि काठमाडौँ उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको भन्दै निगमले अभावको आशंकामा असुरक्षित भण्डारण नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ।

निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले निगमले आफ्ना सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेको बताए । दशैँमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने उनको भनाइ छ ।

Advertisement

बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको पौडेलले जानकारी दिए । यस्तै पाइपलाइनका कारण बिस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको छ । यसका अलवा डीपोहरुमा इन्धन पुर्‍याएर फर्कीने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने निगमले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने काठमाडौं उपत्याकामा बुधबार ३ सय किलोलिटर बढी माग आएको निगमले जनाएको छ। यस्तै निगमले आफ्नो डीपोहरुलाई पनि आवश्यक परेको बेला जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार भएको छ।

More News last news
Loading...