टेक्सस । अमेरिकाको टेक्ससमा भारतीय मूलका शिख प्रहरी अधिकारीको गोली हानी हत्या भएको छ।
शिख समुदायका सन्दिप सिंह धालीवालको हत्या भएको हो। ४२ वर्षीय सन्दिप टेक्ससमा भारतीय मूलका पहिलो शिख प्रहरी अधिकारी थिए । पछिल्लो १० वर्षयता प्रहरी सेवामा रहेका सन्दिपले पछिल्लो समय धार्मिक स्वतन्त्रताको संघर्ष गर्दैआएका थिए ।
उनी ड्यूटीमै रहेको बेला उनीमाथि गोली प्रहार भएको थियो । घाइते भएपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
