गगनचुम्बी भवनहरू सोझै चढ्ने ‘स्पाइडरमेन’ पक्राउ

एएफपी । गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन् ।

सन्ताउन्न बर्षीय रोबर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै १५४ मिटर अग्लो ४२ तले भवनमा कुनै सरकारी स्वीकृति र सुरक्षा सामग्रीविना नै चढृका थिए । उनको साहसिक कार्यलाई सडकमा हिँडिरहेको यात्रुले चकित बन्दै अवलोकन गर्नुका साथै फोटोहरू लिएका थिए।

Advertisement

सन् १९९४ देखि आफ्ना चमत्कारको प्रदर्शन गर्दै आएका रोबर्टले दुवैस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा र पेरिसस्थित इफेल टावरलगायतका स्थानमा चढेर विश्वलाई चकित पारिसकेका छन् ।

अगस्टमा उहाँले हङकङस्थित एक गगनचुम्बी भवनमा चढेर ‘शान्ति’ को झण्डा फहराएका थिए ।

More News last news
Loading...