काठमाडौँ । एसिड आक्रमणमा परेकी काठमाडाैं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयेाग गर्ने निर्णय गरेको हो। काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड छ्यापेका थिए।
मुस्कानलाई भदाै २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए। एसिड आक्रमणमा परेका उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
