मकवानपुर । टेलिभिजन कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको विरुद्धमा दिएको निवेदन उपरको सुनुवाइ दशैँपछि मात्र हुने भएको छ।
जिल्ला अदालत चितवनले गएको भदौ ९ गते सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई क्रमश पाँच लाख र तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको विरुद्धमा उनीहरु दुवैले गएको भाद्र १७ गते निवेदन दर्ता गराएका थिए।
सरकारी वकिलको कार्यालयको मिसिलमा रुकु कार्की (अस्मिता) लाई समेत प्रतिवादी बनाइएकोले प्रतिवादी कार्कीका तर्फबाट अधिवक्ता रामकृष्ण देउलाले बिहीबारको बहस, सुनुवाइ स्थगित गरी पाउँ भनी गएको भदौ २६ गते उच्च अदालत पाटन हेटौँडा इजलासमा निवेदन दिएको हुनाले बहस स्थगित भएको उच्च अदालत हेटौँडाका प्रवक्ता अमृत घिमिरेले बताउनुभयो।
शुक्रबार १० गतेदेखि दशैँको बिदा सकिएपछि मात्रै अदालत खुल्ने भएकोले कार्यालय खुलेपछि यस मुद्दालाई पेसी चढाइने र त्यसपछि मात्रै सुनुवाइको मिति तय हुने बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
