विश्वका नेतालाई रुदै गाली गरेकी ग्रेटाको विश्वभर चर्चा

ग्रेटा थनबर्ग क्लाइमेट चेन्जको अन्तर्राष्ट्रिय अनुहार हुन्। स्विडेनको संसद बाहिर विरोध–प्रदर्शनका लागि उनले हरेक शुक्रबार आफ्नो स्कूल छोडिन्।

ग्रेटाजस्तै संसारका हरेक स्कूले बच्चा र युवा यो अभियानबारे आवाज उठाइरहेका छन्। क्लाइमेट एक्सन समिट सन् २०१९ मा ग्रेटाको भाषण संसारभरी चर्चाको विषय बनेको छ।

Advertisement

भावुक सम्बोधधनमा थुनबर्गले भनिन् ‘यो पूर्ण रुपमा गलत छ । म यहाँ हुनु हुँदैनथ्यो । म समुद्रमा रहेको स्कूलमा हुनु पर्थ्यो … उनीहरुले आफ्नो अध्ययन एक वर्ष स्थगित गरेका छन् ।’

१६ वर्षीया किशोरीले भनिन्, ‘तपाईंहरुले आफ्नो खोक्रो प्रचारबाजीमा मेरो सपना र मेरो बचपन खोस्नु भयो।’ उनले विश्वका नेताहरुलाई जलवायु परिवर्तनको क्षेत्रमा तत्काल काम गर्न अनुरोध गर्दै भनिन् ‘हामी तपाईँहरु माथि निगरानी गरिरहेका छौं।’

More News last news
Loading...