शुक्रबार एनएमबी बैंकको एटिएम बन्द हुने

काठमाडौं । आगामी शुक्रबार एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक बन्द हुने भएको छ।

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भई ११ गतेदेखि एकिृकत कारोबार गर्दैछन्। सोही कारोबारका लागि दुबै संस्थाको तथ्यांकलाई एकीकृत गरी एउटै कोर बैकिङ कोर बैंकिङ सफवेरबाट कारोबार गर्नुपर्ने भएकाले शुक्रबार सो सफ्टवेयर मिलाउँनका लागि १० गते बैंक बन्द गर्न लागिएको हो। एकीकृत कारोबार एनएमबी बैंकको नामबाट हुनेछ।

Advertisement

सो दिन बैंकको सम्पूर्ण काउन्टर, इन्टरनेट बैकिङ, एटिएम पिओएस (पस), रेमिट सेवा लगायत कुनै पनि कारोबार नहुने बैंकले जनाएको छ।

More News last news
Loading...